~सुमन पोखरेल~
रातभरि रोएँ म त, शीतभरि रोएँ
आँसु लुकाई परेलीमा गीतभरि रोएँ
एउटा काँडा रोपिएछ मनको मझेरीमा
त्यही काँडा बिझाउँछ सँधै अँधेरीमा
घाऊ जस्तै चहर्याउने प्रीतभरि रोएँ
आँसु लुकाई परेलीमा गीतभरि रोएँ
दिन पनि रात पनि, उसकै यादको बर्को
सम्झूँ भन्छ एउटा मन, बिर्सूँ भन्छ अर्को
दुवै मनलाई हराएर जीतभरि रोएँ
आँसु लुकाई परेलीमा गीतभरि रोएँ
शब्द – सुमन पोखरेल
स्वर – मनोज मगर
सङ्गीत – रामकुमार राजधामी
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)