गजल : उठ आमा

~अमृत सिङ थिङ~

गाउँ बस्तीमा तिम्रो सन्तान मर्दैछन् उठ आमा
भ्रष्टाचारी दलाली झन बढ्दैछन् उठ आमा

भोका नाङ्गा गरिब हामी खै कसका आश गरौं
हुने खानेहरु तिम्रै बुंई चढ्दैछन् उठ आमा

मुग्लान जानेहरु पराईको गुलामी भाछन् रे !
जिउदो जाने लास भइ फर्किदैछन् उठ आमा

जान्ने बुझ्ने भन्ने हरु तिम्रै अंस भाग गर्दैछन्
छिमेकी शत्रु भयो सिमाना मिच्दैछन् उठ आमा

बाढी पहिरो जताततै शीत लहर चिसो पनि
गरिब मर्दैछन् यहाँ धनि नाच्दैछन् उठ आमा

अमृत सिङ थिङ
हाल : मलेसिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.