कविता : मेराे रङ

~शरद पाैडेल~

फूकाे रङ सुन्दर
कि मेराे परिश्रम ?
याे अाकाश विशाल
कि श्रमले चाैडा बनेकाे मेराे छाति ?

उचाई,
सेताे हिमाल हाे
कि स्वाभिमानले उठेकाे मेराे शीर ?
गहिराइ,
सागर हाे
कि हाे मेराे हृदयकाे सतह ?

भन कवि,
सुन्दरता,
छहरामा
कि अबिरल बगेका मेरा पसिनामा ?
ध्वनि साैन्दर्य
चरीका चिरविर
कि मेरा श्रम स्वरमा ?

देउरालीकाे बतास
वा मेरा श्रम सुसेलीहरू ?
अाकाशकाे ईन्द्रेणी
वा मेरा पसिनाका सप्तरङ्
सुन्दरता कहाँ भेट्छाै कवि ?

सुन्दर काे हाे ?
मेसिनमा चलिरहेकाे म मजदुर
वा मलाई कजाइरहेकाे मेराे मालिक ?
पसिनाकाे गन्धमा डुवेकाे म
वा अत्तरहरूमा सजिएकाे ऊ ?

भन कवि !
सुन्दरता
मेरा ठेला परेका हत्केला
कि मालिकका सुकाेमल हातहरूमा ?
च्यातिएका मेरा कुर्कुचा
कि मालिकका सुकिला गाेडाहरूमा ?

भन कवि ?
सेताे हिमाल हेरेर पग्लन्छाै
कि हिमालझैं उचाइका मेरा ईतिहासमा ?
नदी हेरेर
नदीसंगै बहन्छाै
कि मेरा परिश्रमी जीवन अालापहरूमा ।

कवि!
शान्त वगैचामा फूलहरूसंगै
फूल भएर निस्फिक्रि फूल्छाै ?
वा म जस्तै
फेक्ट्रिभित्र
हथाैडा बाेकिरहेकाे मजदुर भएर फूल्छाै ?
डालीडाली
चरी भएर डुल्छाै ?
वा फरूवा बाेकेर
खेत खनिरहेकाे
म किसान भएर फूल्छाै ?

कवि,
पढेकाे छु
तिम्राे सशक्त भनिने केही कविता
तिन्ले गाऊँदैनन् श्रम जीवन
अाँखाका सपनाहरू
तिन्ले गाऊँदैनन् बर्तमान
र तिन्ले गाऊँदैनन् रहराऊँदाे भविष्य !

कवि !
तिम्रा भाष्यहरूकाे जंगल बडाे
कि मेराे सरल जीवन रेखा ?
भित्तामा टाँगिएकाे अमुर्त तस्विर
कि मेराे
परिश्रमी जीवनकाे चित्रकारी ?

कवि !
मलाई पनि मन पर्छ
देऊरालीकाे बतास
मनपर्छ
छाेइएर वहने भुइँ कुहिराे
तिमीलाई जस्तै।
तर जीवन प्रति माैन रहेर हाेईन ।

लाेभ्याऊँछ
फूलका रङ्गहरूले
जुनकाे शितलताले
र प्रभाति किरणहरूले
तिमीलाई जस्तै ।
मलाई पनि मन पर्छ
चरीकाे चिर्विर
झरनाकाे सुन्दरता
खाेलीकाे कुलकुल
र गाेधुली साँझकाे अाकाश रङ ।
तर यी भन्दा धेरै बढि
श्रम सुन्दरताले छाेईन्छु म।
पसिनाकाे रङले रङ्गिन्छु म ।
अाफ्नै स्वाभिमानले उचालिन्छु म ।

हाे, कवि !
म भागिरहेकाे छैन दुखहरूबाट
म त मैदानमा छु संग्रामकाे
र यहाँ राेपिरहेछु
मर्यादित जीवनकाे बिरुवा
मानविय अस्मिता र ईज्ज्तकाे बिरुवा ।
सुन्दर र अलाैकिक छ
याे संग्रामी मैदान मेरा लागि
फूलहरू भन्दा रंगीन र सुवाशित
मिठाे बतास भन्दा पनि शितल र अाल्हादित ।

हाे कवि !
मेराे लागि सबसे सुन्दर छ
मेराे श्रम जीवनकाे
मेरै पसिनाका रङ पाेतेर
तयार पारेकाे
याे अदुभुत
तर जीऊँदाे चित्रकारी ।

कवि !
यति त भन
तिम्ले गाएकाे प्रेम गीत मिठाे
कि मैले चिच्याएकाे इन्क्लाव ?
तिम्ले भिरेकाे
स्वर्ण जडित पीत बस्त्र सुन्दर
कि मैले उठाईरहेकाे राताे झन्डा ?
तिम्राे बेश्रम अारामी जिन्दगी वाह,
कि मेराे जुझारु जीवन ?

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.