गजल : मेरो संसार बद्लियो !

~सुरेन्द्र खौलराठी~Shree Surendra

हेर्दा हेर्दै मायाको आकार बद्लियो !
शनै: शनै: मेरो संसार बद्लियो !

थियौं हामी दुवै अलग अलग नदि ,
एउटै भई बग्न थाल्यौं धार बद्लियो !

बिताउथें दिनहरु रुदै रुदै एक्लै,
घाम लाग्यो जिन्दगीमा मुहार बद्लियो !

समय संगै जिन्दगी यसरी बद्लियोकि,
जति बद्लिनु थियो अपार बद्लियो !

सुरेन्द्र सधैं येस्तै रहला ठान्थ्यो दुनियाँ,
तीनछक्कछ आज समाचार बद्लियो !

नाम: सुरेन्द्र खौलराठी
ठेगाना: खलंगा, दार्चुला
हाल: कीर्तिपुर, काठमाण्डौं

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.