गीति कविता : बाध्यता

~शेखर ‘अस्तित्व’~

विदेशमा बाँच्नु पर्या छ !
खै कस्तो यो बाध्यता छ !

हर पल मेरो यो मन मुटुमा,
मेरो प्यारो गाँउ-घरकै सम्झना छ !
हुन त सब सुविधा छन् यहाँ,
तै पनि लाग्दैन मन यहाँ !

माया भन्दा ठूलो के छ र ?
भेटिंदैन आफ्नोपन यहाँ !
मायालाई मन खोजीरा’छ !
खै कस्तो यो बाध्यता छ !

तिमी बिना जीवनको के गरूँ ?
आँखा बिना दर्पनको के गरूँ ?
हर पल माँगीरा’छ तिमीलाई,
खै यो जिद्दी मनको के गरूँ ?

मुटु संग धड्कन रिसा’छ !
खै कस्तो यो बाध्यता छ ?

बुटवल–६
हाल : मुम्बई,

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.