कविता : हिजो र आजका मेरा दिनहरू

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

एउटै थियौ
तर पछि छुट्टियौ
मैले ऊ सङ्ग
सम्बन्ध विछेद् गरिदिए,

ऊ तल समुद्रछेउतिर लाग्यो
त्यहा समुद्र किनारामा डढेलो लगाउन थाल्यो ।
म चाहि
यता आफ्नै वासस्थानतिर् हान्निए’;
दौडिए रात-रात् भरि
हतार् हतार
हतार थियो मलाई
भोलिपल्ट एकाविहानै
कलिलो घा म समात्न
किनकि
भोलि मेरो जन्मदिन् थियो ।
माथि भन्ज्याङको
चौतारीमा बस्नेले
सायद् मलाई उस्तै देख्यो
हिजो जस्तो थिए उस्तै
तर
त्यो मेरो हिजो
सुदुर् क्षितिजमा मैले बिदा गरिसके
आज म एक् वर्ष बुढो भैसके ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.