~अमृत सिङ थिङ~
देब्रे छाती पोल्छ अचेल , हाम्रो माया चुँडियो कि
निष्ठुरीले बसाइँ सारी अन्तै तिर जोडियो कि
मेला जादा साटिएकाे , माया अनि बाचा कसम
मेला छुट्यो साथ पनि , पराई आई गोडियो कि
आउछौ भन्यौ भञ्ज्याङमा तिम्रै बाटो कुरि बसें
भुलिएर दोबाटोमा अन्तै तिर मोडियो कि
सपनिमा यैठन लाग्यो पय्रा छौ कि बिपत्तिमा
पराईको आँखा परि मायाको घर तोडियो कि
कुरा काट्ने धेरै छन् छर छिमेकी गाउँ घरमा
हल्लाहरु सुनिएर मन दु:खाई छोडियो कि
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )