~रुमानी राई~
शिर मेरो सगरमाथा, तराई जिन्दगानी
पाउभरी लेक वेशी, म त साह्रै भाग्यमानी ।
अाफ्नै पाखा पखेरा खोस्रेर, पेट भर्न सक्छु
निलो निलो अाकास अोढेर, भोकै मर्न सक्छु
बाँचेकै छु दु:खसुख, अाफ्नै न्यानो घामपानी
शिर मेरो सगरमाथा, तराई जिन्दगानी ।।
मेची काली सुसाउँदछ, लैबरीको भाकामा
सारा संसार अँटाउँछ, यही मेरो अाँखामा
कसरी म भुल्न सक्छु, अाफ्नो माटो जािनजानी
शिर मेरो सगरमाथा, तराई जिन्दगानी ।।।
अक्टोबर २५, २०१३
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)