~शैलेन्द्र कुमार थापा~
बाँचे देख्न पाइन्छ, आज यो साकार हुदै छ
आफु बसेको परिवेस देख्दा मन धर-धरि रुदै छ
हिजो परिवर्तनको पाठ पढ्दा वा पढाउदा
मुलुक र जनतालाई सर्बोपरि राखिन्थ्यो
सामन्तवाद र त्यस्का नाइकेहरुको
सत्यानास हुनु पर्ने कुरा भाकिन्थ्यो
सामाजीक विकृति विसंगति अनि
शोषण, दमन, उत्पिडनको कारक तत्व
त्यसैलाई मानिन्थ्यो।
हो, समाज विकासको क्रममा
यो बाधक नै थियो
तर आज !!
सामन्तवादको प्रतिनिधि संस्था
ढलेको चार वर्ष बितेको छ
फेरि पनि याहाँ,
यदि खुलामञ्चको भाषण
मात्रै परिवर्तन होइन भने
यदि संचारमाद्याममा आउने
अन्तरवार्ताहरु मात्रै लोकतन्त्र होइन भने,
परिवर्तनको अनुभुति हुन सकेको छैन
बरु उहि सामन्तवादको भुतले
परिवर्तनकारिहरुलाई जितेको छ
भ्रष्टाचार, कमिसनखोरि, कालाबजारि
अभाव, गरिवि, महङ्गि, असुरक्षा
लुट, हत्या, बलात्कार, अपहरण आदि
सवै सवै मौलाएका छन्, फैलिएका छन्!!
यदि हामि पागल होइनौ भने,
हामिले चाहेको परिवर्तन यो पक्कै होइन
परिवर्तनका लागि त
यी सव नरोकिई हुदैँ हुन्न
निश्कर्स यहि निस्किन्छ,
साँच्चै दिमाग बिग्रिएको पागल
आफु मात्र बिग्रिन्छ तर,
दिमाग सप्रिएको पागलले
गाउँ समाज सवै बिगार्छ!!
आखिर हामि कस्ता पागलको पालि परेका छौ!!!!