~विपिन किरण~
तिम्रो पछ्यौरी उडायो हावाले मैले छुन सकिन
त्यै हावा जस्तै बैमानी पनि म त हुन सकिन
लजाऊ तिमी भुतुक्कै, म हेर्छु तिम्रो लाज
लज्जावती फूल पो हौ कि, छोएर हेर्छु आज
इशाराले डाक न
नजरैमा राख न
मन पर्यो मलाई तिमी, तिम्रा ती आनिबानी
तिमी देऊ तिम्रो एकैपल, म दिन्छु जिन्दगानी
मौनता खोल न
केही त बोल न
शब्द – विपिन किरण
स्वर – उदित नारायण झा
संगीत – महेश खड्का
एल्बम – पछ्यौरी