कविता : तिम्रो सम्झनामा

~लक्ष्मी केसी~

हसेरै बिदा गर्छु भन्थे तिमीलाई
तर मुस्कान कतै डेरा सर्यो ||
रोक्छु भन्थे यी मनभित्र मडारिएका बादललाई
तर आशु बनी बर्सिदियो ||

हुन त थियो बिछोड मात्र दुइदिनको
तर जन्मौजन्मको जस्तो भान भयो ||
यो जुनेली रात तिम्रो साथ बिनाको
मलाई त केवल औसीँ आभास भयो ||

मिठा थिए ती गीतका धुनहरु
तर तिम्रो साथ बिना झर्कोलाग्दो रह्यो ||
चलिरहेका थिए यी दिन र रातका पलहरु
मलाई त केवल कछुवाको चालमा भागदोरह्यो ||

सुबाशयुक्त थिए ति फुलका सुगन्ध पनि
तिमी नहुँदा ति कतै बिलाएझैभयो ||
मान्छेहरुको हुलमा पनि
म भित्रको मन आजफेरी एक्लोभयो ||

मातलाग्दा थिए ति बतासका तरङ
तिमी नहुँदा मात्र हावाको नामरह्यो ||
टाढीएर बस्नुपर्दा तिमीसँग
ह्द्यमा सम्झनाको खातरह्यो ||

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.