~प्रणिका कोयु~
मेरा चिम्सा आँखा
थेप्चो नाक
होचो शरिर
के मनपर्यो तिमीलाई मेरो
कि बौलायौ तिमी त्यसरी?
मेरो हाँसो
मेरो बोली
मेरो नाईं
के बिझायो हँ तिमीलाई
कि बौलायौ तिमी त्यसरी
के हर्न चाहेका थियौ
के पाउन खोजेका थियौ
कि बौलायौ तिमी त्यसरी
मेरो
डढेको तन
फूटेको आँखा
फुटेको मन
के ले तर्सायो तिमीलाई
कि भाग्यौ त्यसरी
जलाउन खोज्दै मेरा सपना?
(स्रोत : रचनाकारको ब्लगबाट सभार)