~शेखर ‘अस्तित्व’~
किन यति मन पराउँछु, तिमी मेरी को हौ काली ?
किन स्वप्नमा बोलाउँछु, तिमी मेरी को हौ काली ?
यति ठूलो संसार छ, किन मैले रूचाउँदिन !
किन तिमीमा हराउँछु, तिमी मेरी को हौ काली ?
जम्मै चिन्ता बिर्सिएर, तिम्रो हातको सिरानीमा,
किन बेफिक्री निदाउँछु, तिमी मेरी को हौ काली ?
एकान्तमा आँखा चिम्ली, तिम्रो न्यानो अङ्गालोमा,
यो मनको भारी बिसाउँछु तिमी मेरी को हौ काली ?
टाढा हुँदा पनि मेरो, जिन्दगीको हरेक पल !
तिम्रो यादमानै बिताउँछु, तिमी मेरी को हौ काली ?
तिम्रै कल्पनामा किन, डुबी रहन्छु म संधै ?
तिम्लाई आफूभित्रै पाउँछु तिमी मेरी को हौ काली ?
‘अस्तित्व’ले तिम्रै काखमा अन्तिम स्वाँस फेर्न पाओस् !
किन यस्तै बर्बराउँछु, तिमी मेरी को हौ काली ?
बुटवल–६
हाल : मुम्बई,