~आश्रय रवि~
तिमी जे सुकै भन म जातको कुरा गर्छु।
हिजो तिमीले हानेको लातको कुरा गर्छु।
जति लगाउ महायज्ञ देउ मिठा प्रवचनहरू।
धर्ममा भईरहेको अधेरी रातको कुरा गर्छु।।
हिजो जालपुर्वक माटो र सँस्कृती लुट्नलाई।
तिमीले गरेको नमिठो घातको कुरा गर्छु।।
कति खोक्छौँ काठमाण्डौ खाल्डोमा बसेर।
हुम्ला जुम्ला भोकैछ भातको कुरा गर्छु।।
एक रूपैँयाको तमसुकमा चार शून्य थप्ने।
त्यो ईन्द्रजाली विद्वानको हातको कुरा गर्छु।।
विकास गर्छु भन्नेहरू महलमा रमाउँदा।
विदेशिने लामवद्व युवाको तातको कुरा गर्छु।।
तनप्लेजुङ
वर्तमान:- मलेसिया