र्चिविर र्चिविर कराईरहेछन चराहरु
टाढा कतै नेपथ्यवाट
आईरहेछ आवाज
कुखुरी काँ कुखुरी काँ को भाकामा
भाले गाईरहेछ सु प्रभाती गीत
उठ मेरो प्यारो छोरा उठ,
उघारेर हेर मनका पर्दाहरु
रक्तिम र सुनौलो भईरहेछ,पूर्वी क्षितिज
हेर । चारैतिर हेर।
पूरै छ्याङगै खुलेको छैन आकाश
मिठो निद्रामा निमग्न निदाईरहेका
स–साना नानीवावुहरु तर्साउदै
गर्जना गरिरहेछ निदर्यी वादल ।
र अट्टहास गरिरहेछ
त्यो पश्चिमी र दक्षिणी क्षितिज ।।
देख्यौ उ……… त्यतापट्टी हेर…।
हेर.. एउटा सप्तरङगी इन्दे्रणी
कसरी स्वर्णिम वनाईररहेछ
एउटा सिंगो उत्तरी क्षितिज
हेर…..कसरी मुस्कुराईरहेछन्
सेता दाँत देखाउदै
क्षितिजमा हिमालहरु।
हेर । मेरो प्यारो वावु हेर ।।
दर्विला पाईलाहरु उचालेर
आकांक्षाको हिमाल चढ्नको लागी
कावा खाँदै निलो आकाशमा
माल वाँधेर अग्लिदै अग्लिदै
उडिरहेछन हुलका हुल मालचरीका वथानहरु
तिनको स्वतन्त्र र उन्मुक्त यात्रामा
पहाड जस्तै वनेर उभिएका छन् ।
खुनी, हिंस्रक फोहोरी वाजहरु।।
मेरो प्यारो सानु
कतै वाजहरुको हिस्रंक हेराई
कतै चट्टानी आँधी तुफान
कतै काला गर्जिएका वादलहरु
कतै मुस्काईरहेको इन्दे्रणी
कतै चरीहरुका चिर्विराहटहरु
कतै भालेका सुप्रभाति गीतहरु
सवै सवैलाई छाड्दै सवैसवैलाई चिर्दै
उदाईरहेछ एउटा सुमधुर विहानी।।
उठ मेरो प्रिय छोरा उठ।
डाँडामा घाम झुल्किनु अघि नै
सुरु गर्नुपर्नेछ हामीले
एउटा नौलो आयाम वोकेको अभियान।
पाखाहरmमा दिन छिप्पिनुअघि नै
पार गर्नुपर्नेछ हामीले
थुपै्र सुदुर सुदुरका यात्राहरु
र पश्चिमेली भ¥याङवाट घाम तल झर्दा नझर्दै
पुरा गर्नुपर्नेछ हामीले
शहीदले देखेका सपनाहरु…….।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)