~दीपक कुमार ज्ञवाली~
बारम्वार लेख्दै आयौ भूपि
बन्दैन देश दुईचार सपुत मरेर नगए
कहाँ छौ भूपि अवतरित होऊ
यो पुण्य भूमिमा
त्यसमा एक हरफ थपिदेऊ भूपि
बन्दैन देश भ्रष्टाचारी मरेर नगए ।
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )