कविता : टाईम कार्ड

~जे. एन. दाहाल~

विहान देखी बेलुकी सम्म
टाईम कार्डमा निर्लाप्त
बेलुकी देखी अर्को विहान सम्म
दलीएको छ एउटा मान्छे।

न मान्छे मेसीन हुन गयो
न मेसीन मान्छे जस्तो भयो
उसलाई हेरी
सोचाईको यस्तै भुमरी चल्दै गर्दा
ऊ मेसीनमा कार्ड स्वाईप गर्दै भन्छ
बाध्यता
अबको सप्पै समय
यही टाईम कार्डको !

जे एन दाहाल
हेरिस्वर्ग, पेन्सिलभेनिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.