~बदरीनाथ भट्टराई~
(१)
हेर्दै कर्के कटु नजरले दक्षिणी भागबाट
झर्दी ज्यादै विमल मुखकी देखिने दूरबाछ ।।
हाँस्दै पार्ने बहुत नखरा यो न गोरी न काली
घुँटो झिक्दी रङबिरङको के उनै हुन् उज्याली ?
(२)
आऊ आऊ भनी दिनदिनै लोकले कल्पिएकी
जा जा चाँडो भनि कुपतिले मत्त भै त्यगिएकी ।।
त्यागी जस्ता सबल दलका शूरले निंतिएकी
ठानें उस्तै सब तर उनै हुन् त के देखिएकी ?
(३)
देखें उस्तै पहिरन उही कान्तिले छाइएकी
एकैनासे मधुर चतुरो भावले व्यङ्ग्य गर्दी ।।
सारालाई खुप सुख दिने व्यक्त गर्दी इशारा
के स्वातन्त्र्य प्रकृति युवती हुन् उनै देश-तारा-
(४)
आइन् आफ्नै नजिक तर खै मोहिनी शक्ति त्यस्तो
खै त्यो अकेत्रिम चहकिलो सत्य सौन्दर्य उस्तो ।।
खै त्यो उच्च प्रगति छरितो दृष्टि खै त्यो उदार
देखी यस्तो अलि विषमता लाग्छ शंका त धेर ।।
(५)
ज्यादै रातो रङ छ मुखमा छैन टीका सुनौला
काला कोठी पनि त कति छन् गर्दछिन चाल नौला ।।
ज्यादै उच्छृङ्खलपन लिई हिंड्दछिन लंकिएर
देखी गुण्डा पनि पछिपछी लाग्छ शंका त धेर ।।
(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)