~नबराज घिमिरे~
ए साथी तिमी किन मौन छौ ?
दिनहरू घड्कदै छन।
मानिसहरुको चहलपहल
चर्को छ।
बजारमा हल्ला चलेको छ।
तर ………
तर तिम्रो आवाज कतै सुन्दिन,
हेर्छु देख्दिन।
ए साथी तिमी कहाँ छौ?
तिम्रो आवाजले मधुर सन्देश बोकेको थ्यो,
त्यो आवाज जस्ले, समाजको प्रदुसित वायुलाई
थोरै भएपनि फिल्टर गरेको थ्यो।
आज यो अत्यवस्यक समयमा
तिमी हराउदा, तिम्रो आवाज हराउदा
साथी!
मलाई तिमि माथि पनि संका छ।
यो दुनियाँमा शुद्धता को कसिमा तिमी
पर्छौकी भन्ने लागेको थ्यो!
अप्शोच!
कतै तिमी पनि प्रदुसित भयौ कि?
हजारौं गाउँ बाट उठ्ने एक एकजना प्रतिनिधि साथीहरू
तिमी जस्तै प्रदुसित भए भने?
सम्झ त !!!
यो समाजलाई मार्ग दर्शन कस्ले देला?
ए साथी!
भनन तिमी किन मौन छौ ?
तिम्रा आवाजले नियन्तृत तत्त्वहरु
फेरि सल्बलाउन थाले भन्छन् ।
तिमी कता छौ साथी?
गाउँ गाउँमा शिहदर्बार
आउदै छ रे,
यदि तिमी चनाखो भएनौ भने?
इमान्दारीता र शुद्धता को प्रतिनिधि बनेनौ भने?
उनैको हालीमुहाली हुने छ,
उता जस्तै एता पनि कुर्सी भाच्नेको कमि हुदैन।
घर पोलेर खरानी पार्नेको कमि हुदैन,
साथी!
तिम्रो मौनता धोखा हुनेछ,
तिमी पस्चातापले जल्ने छौ साथी
पस्चाताप ले!
अनि धिक्कार्ने छौ आफैलाइ,
यो देश रुने छ।
जब देश रुन्छ, भन त तिमी कसरी हास्ने छौ ?
तेसैले फेरि पनि म भन्छु
समय अझै बाकी छ,
ब्युझ साथी ब्युझ!
तिम्रा कलम चलुन,
तिम्रा आवाज बुलन्द होउन।
यो देश तिम्रै हातमा छ।
साथी तिम्रै हातमा।
(स्रोत : राम्रोलिन्क डट कम)