~जीवराज बुढाथोकी~
अखवारहरुमा छायो, अनौठो समाचार
हवाला अनलाइन, वीवीसीको सदावहार
सन् २०२२ सम्ममा, कोलनी बसाउँने
मंगलग्रहमा योजना, कार्यान्वयन ल्याउँने ।।
मार्स वान नामको, कम्पनीको अनुरोधमा
एकलाख बढी आवेदन, परिसके होडमा
त्यहाँ भनिएको छ जानेमात्र, फर्कने हैन
तापनि मंगलग्रहको आकर्षणमा कमी छैन ।।
भन्छन् कम्पनी निर्देशक, बास लैन्सड्राप
नाघ्यो प्रक्रिया पुगेको, संख्या एकलाख
यो संख्या निकै बढ्ने, अड्कल गरिएको
हजारौको संख्या अझै, प्रकृयामा रहेको ।।
देशको प्रतिव्यक्ति, आयनुसार तोकिएको
धेरैले लाग्ने शुल्क समेत, बुझाइ सकेको
यसैले यो शुल्क देशानुसार, फरक रहेको
अमेरिकी नागरिकलाई, ३८ डलर परेको ।।
१८ बर्ष पुगी, आठबर्षे तालिम पूरा गरी
सन् २०२२ मा पहिलोटोली, जाने तयारी
खेती किसानी, घरमर्मत, हड्डीको उपचार
आदि रहेकाछन् विषेश, तालिमका प्रकार ।।
अन्तरिक्ष विश्लेषक भने, गर्दैछन् टिप्पणी
यात्रालामो खतरा, फर्कने आशा न्यून भनी
सोचौं एकपटक भर्ने, होकी कसो आवेदन
देशमा घडेरी महंगो, बेरोजगारी खिन्नमन ।।
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं