~रुमानी राई~
हामी बाँचिञ्जेल वास्तै गर्दैनाैं
अाफू बाँच्ने ध्याउन्न मै अल्मलिईरहन्छाैं
यतिसम्म कि,
हामीसंग अलिकति पनि फुर्सत हुँदैन
अरुकाे बारे साेच्ने
र,केही गर्नेर
बरु,
हामीमा काे भन्दा काे कम काे घमण्ड हुन्छ
तँ वा ऊ भन्दा म के कम काे अाडम्बर र दंभ हुन्छ
अाफू बाँच्न
र,अाफ्नो अिस्तत्व बचाउन
जीवनकाे प्रतिस्पर्धात्मक खेल मैदानमा
यीनै घमण्ड, अाडम्बर र दंभकाे खास्टाे अाेढेर धुम्धुम्ती
छिर्केदाऊ मारिरहेका हुन्छाैं हामीहरु ।
अाफ्नाे जीतमा,
विजय उन्मादले उत्ताउलिएर
अाल्हादित खित्का खित्खिताउँछाैं बेस्सरी
तर हारमा,
कहिल्यै अाफ्नो कमजाेरी स्वीझकार्दैनाैं
र,ईख हाेइन बद्लाकाे भाावावना उमार्छउमार्छाैं
यसरी हामीहरु
अ्यंभावी मृत्युलाई भुलिरहेका हुन्छाैं
र,अाफू बाँचेकाे भ्रममा जीवन घिसारिरहन्छाैं ।
जब,
कसैकाे मृत्यु हुन्छ
वा,मृत्युकाे खबर अाउँछ
तब,
मृतककाे सम्झनामा भावविह्वल बनेर हामीहरु
उसकाे गुण र सुकार्यकाे बखान गर्छाैँ
अपूरणीय क्षयती भएकाे विग्यप्ती छाप्छाैं
पुरस्कार तथा विभूषणले संमान गर्छाैँ
र,मृतात्माकाे चीर शािन्तकाे कामना गर्दै
श्रध्दाकाे फूल चढाएर
हार्िदक श्रध्दाञ्जली अर्पण गर्दछाैं
र,उही अा-अाफ्नै दिनचर्यामा लीन हुन्छाैं हामीहरु ।
तर,पुन:पुन:
याे कथा दाेहाेरिइरहन्छ
मात्र पात्र-पात्राहरु फेरिन्छन् ।
31/10/2013
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)