~योगेन पौडेल~
जुन ताराको कुरा छोड, जुही फूल सिउरीदिउँला,
जुन-तारा भन्नु मात्रै, फूलकै सुवास मीठो लाटी।
झुम्के फुली बिर्सिदेउन, जाली-रुमाल ल्याईदिउँला,
सुन-चाँदि भन्नुमात्र, “माया-पिरेम” ठूलो लाटी।
आँखाको यो भाका बुझी, दिलको गीत सुनिदेउन,
मादलुको घिन्ताँगमा एकैबाजी नाचिदेउन,
तलाऊ झैँ लाग्ने आँखा, मलाई फेरी हेरीदेउन,
तिम्रो मनमा बस्छु के म!? मनको ढोका खोलीदेउन।
तिम्रो हाँसो तिम्रो खुसी, तिम्रो मात्र कहाँ हो र?
तिम्ले हाँस्नै बिर्सीदिए,यो ज्यान जिम्दै मर्छ लाटी।
ज्यान प्राण तिम्रै त हो, बाँकी मेरो के रह्यो र?
मायामा नि लिने कुरा?, दिनुमा पो मज्जा लाटी।
जुनतारा भन्नु मात्र,फूलकै सुवास मीठो लाटी।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)