~दीपक कुमार ज्ञवाली~
अब फाट्ला बादल भन्थें
झन् कालो हुँदै देशलाई ठाक्यो
आखिर सबै झूटो रहेछ
एक अर्काका माया पिरतीका कुरा
सम्मोहन एक अर्काको
आखिर लक्ष्य जोगाऊने बिराशतको
ठाडो मुखगरि थुकदाखेरि
आफ्नै जिऊमा थुक खस्यो
कसलाई के के भनौं
अन्ततः देश नै थला पर्यो
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )