कविता : पुर्पुरो

~लक्ष्मी नन्दन चालिसे~

के उद्योगी मरी रहून ?
जरुर
त्यो होइनसक्ने कुरा
देख्तैनस् कति टा६ उल्टिन गए ?
द्खीरहेछू पुरा ।
के भन्छस् तब ?
ढङ्ग कम्ति तिनको
वेढङ्ग वैरन्छ को ?
हुन् ती ब्कुफ ।
को हुनन् तँ सरिकै,
के चिन्दछस् हू म को ?
बोक्र उद्यमी
के ?
गदाह सरिको
केमा छु कम्ति बता ?
चिन्दैनस् तँ मलाई ?
चिन्दिन के ?
होलास् न यत्तपता
भाग् जा पाजि !
भगाउने तँ कुन होस् ?
हिक्मत् बहादूर हुँ ।
यस्ता हिक्मति लाख छन् ।
किन नहुन ?
तिन्को कुरा के कहुँ ।
बिग्यो क के तिनको र ?
ठक्कर कती खाए कती आत्तिए ।
आखिर् ता सफलै न ती हुन गए ?
कैयौ त्यसै बोक्रिए ।
देखिन्छन् नि बडे महाजन ?
तिनी मेरा कृपापात्र हुन् ।
बाँकी ?
ती नचिन्ही मलाई तँ सरी आपत्ती नै झेल्दछन् ।
फोस्रो धाक लगाउँछस् ।
तब भयो, धाकै सही, आखिर के होला ?
पेलिएर मर्नु सरिको पर्ने छ भारी पिर ।
छिः के हार्छ तँ देखि ?
जित ।
तर पनि सोध् छू म यौटा कुरो ।
लौ सेध् ।
नाम बता मलाई पहिले ।
तेरो म हूँ पुर्पुरो

(संवत् २००४ मा ‘उद्योग’ पत्रिकाबाट – त्यस पत्रिकाका सम्पादकमा चक्रपाणि चालिसे र वहाँका छोरा लक्ष्मीनन्दन चालिसे)
(लक्ष्मीनन्दन चालिसे – जन्म-१९७० : निधन-२००२)

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.