~अभिषेक सुवेदी~
श्री गढी माईको महिमा छ अपरम्पार
सिधिन्न महिमागाएपनि बारम्बार
साक्षात मामता हुनुहुन्छ गढी माई
मनोकामना पूरा गरी, रक्षा गर्छिन् हामीलाई
उनीको लीला छ न्यारी र प्यारी
हेर्न सकिन्छ हाम्रो मनको आााखा उघारी
इच्छा पूरा भयो मेरो माताको दयाले
दर्शन गर्न पाइन्छ माताको, ठूलो भाग्यले
भीड हुन्छ माताको दैलोमा धेरै
खुलिन्छ मन्दिर एकबिहान सवेरै
मागनुस खुलेर जे चाहिन्छ तपाईलाई
रक्षा गर्छिन् माताले आफ्नो भक्तलाई
प्रत्यक्ष मूर्तिको रुपमा देवी छिन्
आफ्नो वशमा पारी संसार हाकिन्छन् ।
जय हो गढी माई जय जय गढीमाई
शिर झुकाउााछु म तपाईको शरणमा आई
– अभिषेक सुवेदी, सिद्धार्थ इन्टरनेशनल कलेज., ब्रह्म टोल, मूर्ली–१५
(स्रोत : प्रतीक दैनिक पत्रिका)