~गोविन्दप्रसाद आचार्य~
कोठाभित्र योजना बनाउँदै
यमराज तल्लीन भैरहेछ
मान्छेहरू भेट्न खोज्छन्
पहरेदार दूतहरू बाटो छेक्छन्
यमराजभन्दा ठूला दूत हुँदा रहेछन्
मुद्धा–मामिला आफै छिनोफानो गर्दा रहेछन्
दूतहरू मिजास अनि मिठास बिनाको
बोली बोल्दा रहेछन्
कति क्रूर छन् दूतहरू
सानो प्वालबाट एक शब्दमा
न्यायनिसाफ गर्दा रहेछन्
यमराजले त कुरा बुझेर निसाफ गर्थे होला घ्
दूतहरू ढोका थुन्दा रहेछन्
बिचरा लाटा, निर्धा देखेदेखि
कुरा नसुनी परैबाट लखेट्दा रहेछन्
तिनको बोली एक शब्द सुन्नलाई
शाष्टाङ्ग दन्डवत् गर्नुपर्दो रहेछ
धाउँदा–धाउँदा खुट्टा दुख्छन्
कति दिनको प्रयास रित्तै फर्किनुपर्दो रहेछ
यमराज सोच्दा हुन्
कति इमान्दार छन् दूतहरू
लाग्दो हो रत्ति नबिराई
न्याय दिइरहेछन् दूतहरू
कुकुरदेखि सावधान घ् को सुचना देख्दा
दिमागभरी यमराजका दूत घुम्ने गर्छन्
यमराजले सोच्दा हुन्
कस्तो छ जगतको हालखवर ?
हरामी दूतहरू सबै ठीक छ भनिरहेछन्
यमराज खुसीले फुल्दै
सन्तुष्टिको पुरस्कार दिइरहेछन्
दूतहरू यति बाठा छन्
कुनै दिन औँठे छाप लगाएर
यमराजको कुर्सी खोस्न सक्छन्
त्यो बेला यमराज जिल्लाराम पर्नुवाहेक
कुनै उपाय हुने छैन
यी दूतहरू यस्ता छन्
खाली कागजमा छाप लगाएर
यमराजलाई लिलाम बिक्री हुन चाहेको
घोषणा गर्न सक्छन्
यमराजलाई विश्वास छ
दूतहरू राम्रो काम गरिरहेछन्
लाग्दो हो सन्तुष्टि पाएर होला घ्
कसैको केही गुनासो छैन
कति कर्मठ छन् यी दूतहरू
कतै खोट लगाउँने ठाउँ छैन
चिया पु¥याउन ढोका खोल्छन्
आदेश भन्दै भोलिको भाका दिन्छन्
त्यसैले यमराजलाई स्वार्थी भन्नुपर्छ
ढोकामा पुग्दा प्रत्यक्ष भेट कुकुरसँग हुन्छ
ढोका छेकेर भुक्न लाग्छ
लाठी बोकेका जोसुकैले कुकुर पिट्न खोज्छ
लाग्छ पानीको आकार होइन
भाँडोको आकार हेर्नुपर्छ
कतै लाग्छ हैरानीको हालत
यमराजकै निर्देशन हुनुपर्छ
यी यमराजका दूतहरू मान्दा हुन्
जति सतायो पदोन्नतिको ढोका खुल्ने गर्छ
नपाउँनेले केरा पायो बोक्रैसँग खायो
यस्तै–यस्तै सोचाई यमका दूत हेर्दा हुन्छ
नाम लेख्न नसक्नेहरू
शिष्टाचारको पाठ पढाइरहेछन्
नाङ्गाहरू कपडाको आदर्श महिमा बताइरहेछन्
यमराज तिम्रा दूतहरू
धर्मात्मालाई नरक पठाइरहेछन्
चाकडी गर्ने पापीहरू
स्वर्गमा आनन्दले बसिरहेछन्
यमराज तिम्रा दूतहरू तिम्रो आँखामा
भ्रमको पट्टी लगाइरहेछन्
तिमी सबै ठीक देख्छौ
दूतहरू तिम्रा आँखाको नशा, नानी झिकिरहेछन्
तिम्रो कोठाभित्र के को बैठक हुन्छ ?
लाग्छ कुनै विषयवस्तु छैन
तिमी कर्तव्य पालन गर्छौ रे घ्
किन दूतहरू मनपरी गरिरहेछन् ?
दूतहरू तिम्रो नियन्त्रणमा छैनन्
निर्णयहरू रद्दीको टोकरीमा भेटिन्छन्
निवेदनहरू तिम्रासामु पुग्दैनन्
आदेश भन्दै आफै तोक लगाउँने गर्छन्
यमराज तिमी बदनामी भैरहेछौ
किनकि तिम्रा दूतहरू
मन लागेको गर्ने छुट पाइरहेछन्
तिमी कलम समाउँछौ
घुमाइदिने दूतहरू हुन्छन्
तिमी एउटा भन्छौ
दूतहरू अर्कै लेख्छन्
थाहा छ ? तिमी एक्लै सृष्टि चलाउन सक्दैनौँ
थाहा छ ? तिमीसँग हुँनुपर्ने मात्र क्षमता छ
त्यसैले तिमी सबै गर्न सक्दैनौँ
दुःख यसमा लाग्छ यमराज
तिमी विलासमा डुबेछौँ
तिमीबाट संसार चल्दैन यमराज
किनकि तिमी रात–दिन गिलासमा भुलेछौ
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ६ – Dec. 15, 2011 – २०६८ मंसीर २८ गते, बुधबार)