कविता : विषाक्त वर्तमान

~विवेक दुलाल क्षेत्री ‘दमक’~

अहो पराक्रम तिम्रै छ
निर्दोश पशु बध गरेर महाभारत ब्युझाउछौ
राता सेता तुल टागेर सधै झिलिमिली
भएको छनक दिन्छौ

बाटै भरी सडक मर्मत नगरेर केही नथापाएको
ढ्वाङ्ग पिट्छौ
र आफ्नो आत्म रतिको साम्राज्य बिस्तार गर्न
अबिर लगाएर एफ बि का भिताहरूमा
धृस्टतापुर्बक चिप्किन्छौ ।

अहो तिलश्मी चेहरा तिम्रै छ
राम्रो जति सबै मेरो नराम्रो अरूको भन्छौ
होचा र निमुखासित बोल्नै नपरे हुन्थ्यो भन्छौ
कुवामा छ तिम्रो राज
शिन्हदर्बार्मा छ राज, त्यहा तिम्रो स्वोर्णिम लोक छ
हरेक निकाय र तप्काहरूमा
जि हजुरी चल्छ तिमीलाइ
खाली खुट्टाहरूले चप्पल मागे नि
धिकुटि रितिन्छ देशको भन्छौ,
एक मुठी चामल माग्दा देशले ठेक्का लिएको छ भन्छौ
तर तिमी एकै पटक करोड रित्याउछौ
बिदेशी हस्पिटलका बेडहरूमा।

अहो महान आत्मा तिम्रै छ
यौटा नेपाली बिदेशिदा तिमीलाइ
दुख्दैन ,एइया सुद्द भन्दैनौ
यौटा नेपाली मर्दा के भएर मर्यो शुद्द भन्दैनौ
र परि आए राता रात राजनैतिक रङ्ग दिन्छौ
ताकी मर्ने ले नि धर नपाओस
तिमीलाइ युग युग जिताउने माथी पुर्याउने भर्याङ्ग बनोस्
बलात्कार छ, हिन्सा छ देशमा ,तिमी चुप छौ
दुई पैसा नकमाएर मरेको छ साधारण मान्छे,तिमी मौन छौ
न देश्को कानुन बनाउछौ तिमी, न भएको कानुनको
सदैब पालन गर्छौ , बर्तमान बिसाक्त छ तिम्रो अहमको रापले ।

===

दमक, झापा
हाल : अबुधाबी, यू ए इ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.