~कुमार आङदेम्बे अबि~
तिमी मुस्कुराएको बेला,
म भित्र हर्षित कम्पन हुन्छ,
मेरो सोचको समर्थन हुन्छ ,
म संघर्षरत छु,
म आफुलाई
तिम्रो फुलबारीमा फुलाउन चाहन्छु ।
तिमी मुस्कुराएको बेला,
म अनुभुती गर्छु ,
मगमग प्रेमिल बास्ना छरिरहेको हुन्छौं ।
म समर्पित गर्छु,
तब कल्पनामा तिमी,
मसंगै रमाई रहेको हुन्छौं ।
तिमी मुस्कुराएको बेला,
मेरो धड्कन बढिरहेको हुन्छ ।
कुमार आङदेम्बे अबि
इजरायल
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)