~सुरेस खनाल~
तिम्रो एक मुस्कान भए पुग्छ,
म ईश्वर भूल्ने हिम्मत राख्छु!
तालमा एऊटा डुङ्गा चल्यो,
छालले किनार छोयो,
तिम्रो सोचाइको तरंग जस्तै।
कलकल नदी बग्यो,
तिमि मेरो सामु आए जस्तै।
अहो! कता कोइली करायो,
तिमिले गाए जस्तै।
तिम्रो एक बचन सुने पुग्छ,
म प्रार्थना बिर्सन्छु!
हरियो घाँस चर्दैछ त्यो गाई ,
मुरली बजाउँदै छ त्यो गोठालो,
कस्तो द्रृश्य, कस्तो संगित,
तिम्रो मुहार मैले हेरेको जस्तो।
एकपल,
यो बादलले मेरो शरिर छोयो;
कस्तो मधुर स्पर्ष,
तिमीले छोएको जस्तो।
तिम्रो दर्शन पाए पुग्छ,
म आँखा खोल्न छाडिदिन्छु!
हेर त यो फूल कस्तो खुलेको,
तिमी हाँसेको जस्तै।
हेर त यो पहाड, यो बहार, कस्तो देखियो,
मैले तिमिलाई पाए जस्तै।
कस्तो प्यारो यो झरी, मेरो आत्मालाई छुने
तिम्रो साथ जस्तै।
तिम्रो तस्विर भए पुग्छ,
म मंदिरको ढुङ्गालाई बिर्सन्छु!
पर एक हुल परेवा खेल्दैछन्;
‘माकुर’ ‘माकुर’ को धुन,
तिम्रो प्रेममा सुने जस्तै।
घाम पानी दुबै देख्छु;
अहो! त्यो इन्द्रेणी,
शायद मलाइ छोप्दैछ
तिम्रो अंगालोले बेरे जस्तै।
तिम्रो एक आलिंगन पाए पुग्छ,
म बुद्धत्व बिर्सन्छु!!
-यु एस् ए
October 24, 2006
(स्रोत : साझा डट कम)