~रामेश्वर राउत ‘मातृदास’~
हाँस्न बिर्सेका मनहरू
मुस्कानमा पीडा संवेग्छन्
आँसुमा आँखा रित्तिरहेका छन् भानुभक्तहरू !
।।१।।
हो माटो बुझेँ
बाटो चिनेँ,
आइन्दा यी ज्यानदावा काँडाहरूलाई
पैतलामा प्ेरम खेर फाल्दिनँ भन्छन् भानुभक्तहरू
र, हिउँलाई हिमालझैँ अग्ल्याएर
फूलमा जिन्दगी रमाइलो देखिरहन्छन्
हरदम हृदयमा वाणीवागेश्वरी मुस्कुराएर,
घामका झुल्का मुस्कुराइरहन्छन् परदेशमा भानुभक्तहरू !
।।२।।
परेवाहरू बुद्धको ध्यान छटपटाइरहेका छन्
कंसको कलियुग बौलाएर,
जूनको उपस्थितिलाई दपेटिरहेको छ रावण !
कहाँ लाने के प्राप्तिका लागि जाने ?
रामको धनुषवाण बोकेर
रामायण रोहिरहेका छन्,
आफ्नै जन्मभूमिको बिल्लिबाठ विरक्तिरहेका छन्, भानुभक्तहरू !
।।३।।
ऋचा कोकिल कण्ठ घन्किरहोस् वायुमण्डल
हर्षविभोर बन्न चाहन्छन् मन–मन्दिरहरू
अहो † यो जिन्दगीको प्रभात आगमन,
पाइला–पाइलामा खुसीका पालुवा फक्रिन खोज्छन् भानुभक्तहरू
र, प्रताडित युगका सीता–सावित्रीहरू,
परचक्रीका बन्दीगृहमा छटपटाइरहेका छन् कठै आदिकविहरू !
।।४।।
मान्छेकै लागि मान्छे
खपिनसक्नु विष फैलिरहेको छ वातावरण,
र, ढलिरहेको छ मान्छे बलिरहेको छ हरपल
सन्त्रास्त कोलाहल र अनिश्चित भाग्य र भविष्य
भताभुङ्ग जतासुकै भत्किरहेको मान्छेको मन
र, मान्छेबाट राजीनामा दिइसकेका मान्छेहरूको दृष्टता देखेर
मान्छेकै आँसु बटुलेर जागरण महाकाव्य लेखिरहेका छन् भानुभक्तहरू !
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)