~अरुणबहादुर खत्री “नदी”~
म जन्मेको यो देश
जून घाम सरी
हाँसिरहोस् सधैँभरी
हिमचुलीका सेता थुम्का
चुम्दै वरिपरि
पूर्व मेचिदेखि
पश्चिम महाकालीसम्म
म जन्मेको यो देशभित्र
नौलो किरण छाओस्
युगौयुग भरि
मेरो देश बाँचिरहोस्
म जन्मेको
यो देशभित्र
सधैँभरी नै
शान्ति आओस्
गरिब जनताको
आँसु पुछ्न सकोस्
माया ममताले
माला गाँस्न सकोस्
म जन्मेको यो देशले,
मेरो देश
सधैँभरी हाँसीरहोस् ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
(स्रोत : काव्यकुञ्ज)