कविता : धुवाँ

~शोभा शर्मा~

त्याे चुराेटकाे धुवाँ म
तिमीलाई हेर्दै पिउँथेँ
याे चुराेटकाे धुँवाले म
तिम्रो आकृति कोर्दै बस्छु
धुँवाको रंग त उस्तै छ
तिमी मात्रै रंग फेरेर हिँड्यौ

तिम्रो संसारमा धुँवाको ,रंगको
कस्तो अर्थ छ कुन्नी
मेरो संसार त न यो रंगले पोत्न सकेँ
न यो धुँवाले तिम्रो नाम कोर्न सक्यो
फगत एउटा नाकाम कोसिस
चुरोटको धुँवाले तिम्रो नाम
तिम्रो आकृति कोर्दै बसिरहेछु।।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.