कविता : हर्के साइलाले सम्झेको कथा

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

साइलाको घरमा जाड ओथारींदा
मर्चा नसालु पदार्थ हुन्छ !
बन्छ नसालु पेय पदार्थ,
मातेर लट्ठ बनाउँछ मान्छे,
बियर र रमको बिगबिगीमा (आधुनिक युग)
५००० वर्ष अघी मर्चाको कथा,
बाँकी ५० वर्ष पछि,
एउटा कथा भित्रको
दन्तेकथा ।

त्यस्तै लाग्छ
कथा,
साइलालाई यहाँ,
बिष्णु भगवानको अवतारको रुपमा
पाईतलाको धुलो निधारमा लाउदा,
मोक्ष प्राप्तिको,
विजयोन्मादी ऐतिहासिक मान्छेहरूको ।
मान्छेलाई ओथारो हालेर
त्यत्रो लामो समय !
दन्ते कथा नभएर,
कसरी सत्य कथा बन्यो ?

सायद,
आँखा फुटेर ईतिहास
डुडे भएर समय,
सुकेनास भएर गिदीहरू
तिखा तिखा
ब्वाँसा कानहरूमा
कोरकुष्टी लागेर
लत्रक्कै ओईलिएर
समय परिवर्तनका,
सुनामी आवाजहरू
ती ब्वाँसा कान भित्र
हावा घुस्न सकेन क्यारे,
मौसमका रागले
गाउँका लालुपाते
तिख्खर चंम्किन पर्ने,
देशको सम्पुर्ण नक्सामा
अमुर्त अमुर्त आकृति होईन
सुनिश्चित रंगहरूको
संयोजन,
सहि,
रेखाङ्कन हुन पर्ने,
त्यो हुन सकेन ।

त्यसैले,
यहाँ,
यत्तिका लामो समय
ढाट्यो होला नपुंसक अवसरहरूले
साँच्चै नै त्यस्तै लाग्दैछ
साईलालाई यहाँ ।

यतिखेर,
धोखा भएकोछ
माघे जाडोमा कोट छैन,
मान्छेहरू तराईमा घुर ताप्दैछन्
सुकेको पराल बालेर,
सहरमा फालेका थोत्रा टायर बालेर
जाडो धपाउदैछन् ।
गाउँमा मान्छेहरू
आफ्नै पातलो पखाला दिसामा
२१सौं शताब्दीका
आधुनिक भुतहरू खोतल्दै हैर्दैछन् ।

हो,
साच्चै,
यहाँ,
ठूलो धोखा भएकोछ ।
रूखका जराहरू
आकाशतिर फर्किएकाछन्
बन जङ्गल
बौल्हाएर,
निर्बस्त्र, नांङ्गो
डुलेको देखिन्छ,
मह बोक्ने परिश्रमी
माहुरीहरू,
पतालतिर भास्सिएर
मह होईन,
पिस्तोलको म्याग्जीनभित्र,
बारुदको गुड लाउदैछन् ।
पातालका गडयौलाहरू,
जमीन बाहिर..निस्केर
नागबेली गोरेटाहरूमा
झन्डा फहराउदै
जुलुस गर्दैछन्,।
शिवजीको घाटीमा
गोमन सर्प
अब बिष होईन !
दुध पिएको बहनामा
अमृतको पोका
सम्झाउदैछ,
साँच्चै नै त्यस्तै लाग्दैछ,
साईलालाई यहाँ।

कहिलै घरजम्
नचाहने बाँदरहरू
आकाशमा बादल फाटेको
अथवा-
थाङने चीलहरू घुमेको ?
राम्ररी ठम्याउन
सकिरहेको छैन,
सायद,
उस्को पनि ,
आँखामा मोती बिन्दु भएर
उसलाई पनि
आफनै खाल्को
धोखा भैरहेको होला,

त्यसैले
यो,
लामो दन्ते कथा भित्र,
छोटो, सहि सत्य, तथ्य,
कथाहरू
अल्मलिएर, बाटो भुलेर
अगाडि ठीक ठाउँमा,
आउँनै सकेको छैन।
त्यसैले,
धोखा,……
धोखै – धोखा,
झुठै -झुठ,
बेइमानी-बेइमानीले
भरीएको
यो.कथा
कथामात्र पनि होईन,
बिभत्स- बिभत्स
भत्किएका
हर्के साइलाहरूको ला….मो
पुस्ताको अभिलेख पनि हो ।

लामाखुले

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.