~सबिता बिष्ट~
इमान्दारिताको बिल्ला सधैं,नारीलाई नै भिराऊछ्न यहाँ,
टुप्पामा चढाँउदै फेद ढाल्दै ,नारीलाई नै गिराऊछ्न यहाँ !!
अाफ्ना खुशी सारा रित्याई,अरुकै लागि बाँच्छिन् नारी,
पवित्रताकि धनि नारीलाई,अपबित्र भन्दै पिराऊछ्न यहाँ !!
जन्मैदेखी हेपिन्छिन नारी,लैङगिक् भेदभावको चपेटामा परी,
अन्याय किन नारीलाई मात्रै,पुरुषलेनी बाटो बिराऊछ्न यहाँ !!
फूल जस्ती कोमल नारीलाई ,बिटुलाउने तिनै पुरुष हुन्छन,
दोष लाउदै नारीलाइनै,समाजको कठघरामा छिराऊछ्न यहाँ !!
समाजको नजरमा बेस्या कहलिन्छिन बिनापुरुष नारी मात्रै,
चारित्रताको मूल्य कहिलेसम्म,नारिलाई मात्रै तिराऊछ्न यहाँ !!
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)