~अशोक ‘खलानको मान्छे’~
दोबाटो मै छोडे जस्तो
एउटा यस्तो प्रेम काहानी
थाहा भई भुले जस्तो
तिम्रो मेरो माया पनी
मुटु सँग धड्के जस्तो
नजिक हुँदा थाहै थियन
टाढा हुँदा बल्झे जस्तो
दोबाटोमा….
सम्झाउ भने के सम्झाउ
आखिर यो मन हो पापी
आशु पनी मेरै जस्तो
माया पनी मेरै जस्तो
छुटिनुको राम काहानी
एउटै एउटै बेथा जस्तो
सम्झाउ…
कती बिशाल रैछ माया
कती सुन्दर रैछ माया
कमल मा पानी जस्तो
बिहानको सित जस्तो
नानी झार को लज्जा जस्तो
भिरमा फुल्ने फुल जस्तो
पुर्णिमाको जुना जस्तो
अधेरिको दियो जस्तो
तिम्रो मेरो प्रेम कहाँनी
नदी र किनराको जस्तो
दियो को र सलाई को जस्तो
जल्नु मात्र नशिवमा
अन्तिम खाग धुवा जस्तो ।
– अशोक ‘खलानको मान्छे’
ड्राम्स्टाड जर्मनी