~सौगात सापकोटा~
बर्खे खोलाको वेग झैँ आशा छ ।
मनमा पिडा तर मुखमा हाँसो छ ।।
जहाँ कङ्गाल त्यहाँ चण्डाल छ ।
मनका भावनाहरु अनुहारमा छर्लङ्ग छ ।।
कहिँआँखा बोल्छन् कहिँ मुख बोल्छन् ।
हेर ती गल्लीमा जहाँ ती उत्पीडा खोल्छन् ।।
कोहि यहाँ अमृत त कोहि यहाँ विष घोल्छन् ।
छर्लङ्ग यी दृश्यले मनमा कता कता पोल्छन् ।।
शान्तिको भूमि भन्दा रणभूमि नै रोज्ने रैछन्् ।
कोहि भने धर्तीमा नै स्वर्ग छ भनि सोच्ने रैछन् ।।
अज्ञानी र अन्जानलाई कुरै पिछे घोच्ने रैछन् ।
सारा कुरा मनको आँखाले हेर्दा, छर्लङ्ग देखिने रैछन् ।।
आफैलाई नियाले पछि, अरुलाई किन नियाल्नु छ ?
पहिला त आफ्नो भावनाहरु,आफैँले नै बुझ्नु छ ।।
अनि मात्र अरु अनि संसार सारा ऐनामा झैँ छर्लङ्ग छ ।
ऐनामा झैँ सारा सृष्टि आँखा सामु छर्लङ्ग छ ।।
..
सौगात सापकोटा
हर्मि–३, गोरखा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )