~सविता सापकोटा~
वर्षाै भइसकेछ प्रिय तिमी बिदेशियकाे
तिम्रै हातमा हात समातेर भ्यालेन्टाइनमा
सँगै दुनियाँ नघुमेकाे
जहाजमा उडेर तिमी गएजस्तै
म तिमीसँग उड्न सकिन्
यसमा मेराे के दाेष प्रिय ?
याे भ्यालेन्टाइनमा पनि तिमीलाई चुम्न सकिन् ।
हिड्ने बेला छिटै फर्किन्छु भन्थ्याै
खै त्याे दिन अझै अाएन
कति कुराै अझै प्रिय
फेसबुक च्याट, भाइबर कलले
मेराे मनकाे तलतल मेटेन् ।
एक अापसमा अंकमाल गर्दै हिड्ने
ति प्रमिल जाेडी देख्दा पनि मलाई डाहा लाग्छ प्रिय
खै तिम्राे मेराे साथ
भ्यालेनटाइनमा कहिल्यै जाेडिएन
तिम्राे न्यानाे साथकाे स्पर्स कहिल्यै भेटिएन् ।
कति बाच्नु सामाजिक संजालमा
मायाका काडा तिखारेर
लभ यु, मिस यु जस्ता शब्दले
अाफैँलाई भारी बनाएर
मलाई तिम्राे हातले टिपेर
अाफ्नै माटाेमा फलेकाे
गुलाब लिन मन छ प्रिय ।
तिमीले रुखकाे टुप्पाेमा पुगेर
गाेजीभर टिपेर ल्याएकाे काफल खान मन छ प्रिय
तिम्राे काधमा टाउकाे राखेर संसार डुल्न मन छ प्रिय
प्यास मेटेन तिमले कमाएकाे पैसा अनि पठाएकाे अाइफाेनले
अर्काे भ्यालेन्टाइनमा सँगै हुन् मन छ प्रिय ।।