~प्रकाश सुनुवार ‘निराकार’~
आज श्रमिक दिवस
जताततै हार्षोल्लास छाएको छ
सारा दुनियाँका मजदुरहरु रमाइरहेका छन्
संसार निर्माण गर्न सफल भएकोमा
नाचगान गरिरहेका छन्
संसारलाई अझ सुन्दर वनाउने संकल्पहरुका साथ
एकआपसमा शुभकामनाहरु वाँढिरहेका छन् ।
मजदुरहरुको हितको खातिर
विद्यमान धाराहरुमा परिवर्तन गर्नको लागि
मस्यौदाहरु तयार गरिएका छन्
छलफल चलिरहेको छ
सहभागीहरु सवैले
आआप्mना विवेक र अनुभवहरुलाई प्रस्तुत गर्न
पर्याप्त अनि आवश्यक समय लिइरहेका छन्
भाषणवाजी पनि चलिरहेको छ
सहमति र विमतिहरु उठिरहेका छन् ।
समग्रमा भन्नुपर्दा
यतिखेर जितको छालहरु उठिरहेका छन्
यो श्रमिक दिवस उज्यालो पाटो हो ।
ठिक यो उज्यालोको पछाडी
आजैको दिन कालो पाटो झेलिरहका छन्
वाल मजदुरहरु ।
उनीहरुमा कुनै हार्षोल्लास छैन
उनीहरु कानुन विपरित पिसिइनु परेका छन्
उनीहरु एकसरो फाटेको लुगा अनि
एकछाक बासी भातमा रमाउन बाध्य पारिएका छन्
वाँच्न विवश छन्
उनीहरुको श्रम अँध्यारो बन्द कोठामा नाचिरहेको हुन्छ
कसैले नदेखिने गरि वन्दक वनाइएको छ
छुटकारा पाउनका लागि कुनै संकल्प वाँकि छैन अब
तर पनि उनीहरु स्वतन्त्र हुने कुनै संकेत छैन
उनीहरुको हितको लागि वोल्छौं अनि
न्याय दिलाउँछौं भन्नेहरुका लागि पर्याप्त समय छैन
र स्वयं तिनीहरु नै
आप्mनो घरमा बालकहरुलाई नोकर बनाएर राखेका छन्
वालकहरुले पकाएको खाना खाएर
वालकले तयार गरेको पोशाक लगाएर
बाल मजदुरको मजबुरी गनाउँदै कार्यालयमा हाजिरी हुन्छन्
छलकपट गरेर गत्तीलो गोरुजस्तो कानुन त लेख्छन्
तर कार्यान्वयन गराउन हिच्किचाउँछन् ।
अध्याँरोमा फस्टाएको बाल मजदुरीलाई
दिनको उज्यालोमै लुकाउन सफल हुन्छन् ।
श्रमिक दिवस हो आज ।
(१ मे २०१६, फार्नबोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)