~बिमला शर्मा ढुङ्गाना~
पुरा नभै मर्छन् यहाँ, रहर परदेशीको ।
अनौठा छन् यस्ता कति,खबर परदेशीको।
मातृभूमि छाड्नु पर्दा बन्छन् यति बेहाल ,
नठान्नु है हुन्छ मुटु,पत्थर परदेशीको।
भुल्न कहाँ सकिन्छ र आफ्नो प्यारो देश ,
डुल्छन् सधैं तस्बिरमा,नजर परदेशीको।
काँडा माथि टेकेर नि हिड्नै पर्छ आखिर,
बुझ कति अप्ठेरा छन्,सफर परदेशीको।
खुशी खोज्दै मान्छेहरू लागे पनि मुग्लान ,
न त बन्यो भबिष्य त्यो,सुन्दर परदेशीको।
-बिमला शर्मा ढुङ्गाना
रचना २०७२पौष ९ गते बिहिबार