~अशोक ‘खलानको मान्छे’~
हिजो संगै भिजेको झरिको दिन याद आयो!
भिर पाखा हिंडेको पशिना को स्वाद आयो!!
चौतारानी उस्तै ह्रैछ बर पिपल नि उस्तै!
स्मृति मा छरिएर झझल्कोको नाद आयो!!
एक जोडी ढुकुर फेरी भुरुरु उडी कहाँ गयो!
रित्तो डाली गोघुली साँझ फेरी तिम्रो याद आयो!!
चारा फर्के जस्तै माया पनी फर्की आईदिय!
पाती टिपी देउराली लाई चडाएको याद आयो!!
– अशोक ‘खलानको मान्छे’
ड्राम्स्टाड जर्मनी
aryal.ashok@googlemail.com