~शोभा शर्मा~
साँझ खस्दै गरेको बेला
तिमीले मलाई
मध्य सडकमै छोडेर गयौ
यी लामा लामा काला सडकहरुले
तिम्रा पाइला को हिसाब राखे होलान
त्यहीं
तिमी जानु को इतिहास
लिपि बद्ध होला
तर म छोडिनु को कथा
तिम्रा पाइला ले कुच्दै कुच्दै गए
अब, पाइला मा नलेखिनु को मेरो पिडा
तिम्रो महान कलम ले
लेख्न सक्ने छैन !
(स्रोत : रचनाकारको ब्लगबाट सभार)