~तारा पराजुली~
बल्ल खाटा बसेथ्यो
तिमीले दिएको घाउको
पुनश्चस्उहीँ बदनाम अभद्रआत्मा लिई
निस्कियौ एउटा डिपार्टमेन्ट पसल
र साट्यौ केही रुपैयाँ
तिमीलाई रङ्गीन लाग्ने रहरहरुसंग।
पेशेवर सिकारीको आदिम निशाना झैँ
तिम्रा आँखाहरु नतमस्तक छन् मै तिर
निश्चित छ पराजित बेहोर्ने छौ अब तिमीले
यो स्वाधीन र एकलौटी मुटुबाट
स्वर्ग जस्तो मेरो संसार
सार्नु छैन बसाइँ
काँचले बनेको तिम्रो सहरमा।
बिताएकै हुँ थुप्रै प्रेमपर्वहरु
चौतारीको एक्लो पिपल भएर
बगाएकै हुँ आँखामा साउन तमोर भएर
अहँ देखिनँ कतै तिम्रो आस्थाका हिउँचुली।
बेइमान हो तिमी भावनाको
बालुवाको उपहार बोकेर नआउ मेरो सामु
बगाइदिन्छु बर्सातको अरुण भएर।
– तारा पराजुली,मोरङ