~रुमन न्यौपाने ‘अमन्त’~
कसरी दुई वटा भेडाहरु हिजो हिँउमा पुरिए । पोहर पनि एउटा चौंरि मरेकै हो । तर तुलनामा यस बर्ष खासै नोक्सान भएको थिएन भन्ने सुनेको थिएँ । त्यति बेला म ९ या १० बर्षको थिँए क्यार । नाफा नोक्सानको मलाई त्यती हेक्का थिएन । तर बा को धमिलो अनुहार भाको बेला पक्कै फेरी भेडाहरु पुरिए भन्ने लाग्थ्यो । मलाई त्यति बेलै यन्त्र मानबको चाहाना भएको हो । मलाई ति हामिलाई आवश्यक छन् भन्ने लाग्थ्यो । मलाई तिनले हिउँमा पुरिएका भेडाहरु निकाल्न बा लाई मद्धत गर्लान भन्ने लाग्थ्यो । मैले छालामा बेरिएको त्यो किताबलाई कहिले पनि चलाईन । जुन छालाको खोलमा जतन साथ बेरिएको हुन्थ्यो । घर ओसिलो र सानो हुने भएकोले किताब चाँडै मक्किन्थे र च्यातिन्थे । त्यसैले आमाले त्यसलाई छालाको खोल बनाई हालिदिनु हुन्थ्यो ।
घरको काम देखि फुर्सद भए मैले ति कथाहरु सुन्न पाउँथे । मलाई त्यो किताब चलाउन अनुमति थिएन । त्यसैले मलाई आमाको चुलो फुक्न ति यन्त्र मानबले सघाउलान् भन्ने सोच्थें । मलाई ति कुराहरु सोच्न र बुझ्न स्वतन्त्र थियो । मैले कति पटक आमालाई त्यो ईच्छाहरु बताएको पनि थिँए । तर कथाहरुमा मात्र ति यन्त्रमानबहरु हुन्छन् भनि निरास पारिदिनु हुन्थ्यो । ति त संबेदना, महत्वकांक्षा नभएका खेलौना मात्र हुन् भनेर आमाले मेरो बाल मष्तिस्कलाई शान्त पारिदिन्थीन् । बास्तबमा मैले कहिले पनि बुझीन यन्त्रमानब कस्ता हुन्थ्थे । संबेदना नभएका ति फलामे धुन देखि म कहिले निस्कीए थाहा नै भएन ।
आजकाल मौनता दोहरिरहन्छ । शहर बोल्न छोडेको छ । हल्ला गर्छ । त्रान्त छ । त्रुद्ध छ । दुख पुर्ण चिच्याहट, बिलाप, रुवाई, क्रन्दनको झमेलामा म पनि फस्न थालेको छु । हिजो भर्खर हो मैले तलब समाएको । म त्रियात्मक सोचहरुलाई किर्यान्वयन गर्न एउटा क्याफे भित्र छिर्छु । आज एउटा कथा लेख्ने ईच्छा चलेको छ । म कथाहरु यस्तै ठाउँमा बसेर लेख्न रुचाउँछु । प्रेमिको क्याम्पामा थुनिएर क्युरियो बनिसकेको यो सहरको प्रेमले मलाई पनी अराजक बनाई सकेको छ । म पनि मानिसको कुशलतालाई तौलिन थालेको छु । म कथाकार भै दिएको भए । मलाई बिश्वास छैन जिन्दगी कतै पुगेर फर्किएला । बियर पिउँछु । चुरोट निकाल्छु । क्याफेमा आज कोहि पनि छैनन् । क्यानरी चराको बोलि मात्र सुनिन्छ । छिरबिरे लोर्खकेहरु यताउती दर्गुछन् ।
कसको कथा लेखुँ ? यो सहरको ? यो बिलाशिताको ? छिमेकीको कथा लेख्न म डराँउछु । आफन्त कतै भेटिएको छैन । म आफ्नो कथा भन्छु । होईन । एउटा कथाकार को कथा लेख्छु । म याहाँको नियमित ग्राहाक हुँ । मलाई वेईटरहरुले चिन्छन् । मलाई यहाँको म्यानेजर ले चिन्छ । सेफहरुले ? म भन्न सक्दिन । यो सहरमा मेरो परिचय फराकिलो नभए पनि क्यानरी क्याफेमा मेरो परिचय राम्रै छ ।
शौचालय पुग्छु र र्फकन्छु । एउटा सादा पेपर मार्बल टेबलमा फैलाउँछु । कथा सुरु गर्छु । पहिले जस्तो कौतुहलता छैन । लेखनमा प्रखरता पनी हराए जस्तो । कौर्मायता गुमाई सकेकी स्त्रि जस्तो क्लान्त छु । आफ्नै कथालाई परिभाषित गर्न मुस्किल भए जस्तो । वेटर, सेफ, त्यो म्यानेजर दौडिएर शौचालय छेउ पुग्छन् । म हेर्छ अब कौतुहल भएर ।
“कोहि मरेछ” । एउटा सेफ कराउँछ ।
यो अनिश्चयबोधक शब्द कसको लागि हो । म उठ्छु । शौचालय छेउ पुगेर अडिन्छु । मेरो लास उत्तानो पल्टिएको छ । म आफु बसेको टेबल छेउ र्फकिएर हेर्छु । मेरो एक टुक्रा हसिँलो अनुहार त्यहि टाँसिएको छ । सस्तो फिल्मी कथामा जस्तो मेरो अनेकन अनुहार क्यानरि क्याफे भरि छरिएको छ । स्वार्थ, कुन्ठा, महत्वकाक्षांले भरिएको यो सहरमा मैले आफुलाई हराएको निकै बर्ष भईसक्यो । मैले खोजेको यन्त्र मानबहरु मेरो भौतिक सहरमा प्रशस्तै भेटिन्छन् । मैले पनि आफुलाई यिनै यन्त्रमानबको हुलमा आफ्नो नैतिक, आध्यात्मीक बडि मानसिक कुशलता गुमाई सकेको थिँए । मलाई मेरो मुत्युको अफसोच छैन । किनकी प्रेमालाप/ संबेदना/ भाबना गुमाई सकेको मानिस कति दिन बाँच्न सक्छ ।
तैपनि, मेरो लाश उठाउन कुनै यन्त्रमानब देखिएनन् …
(स्रोत : रचनाकारको ब्लगबाट सभार)