~सन्जीव बंकिम~
यो बिज्ञानको विश्व
यौटा सानो बस्ति जस्तै
यो सन्सार का भाग हरु लाइ अलगै
विभाजित गर्न नमिल्ने अवस्था
ग्लोबलाइजेसन को युग
खुम्चिएको शहर
खुम्चिएको महानगर
इन्टरनेट फेसबुक मा यकाकार भएको विश्व
पाच दसक अघि निर्मित बर्लिन को पर्खाल जस्तै छेकबार
लगाउन सक्नेछैनन शासक हरु
र सक्ने छैनन् मन का पर्खाल हरु
बर्लिन को पर्खाल भत्काए झैँ
सजिलै भत्काउन
यो धरती मा के
कुनै अर्को ग्रह मा पनि
र पनि बर्लिन को पर्खाल झैँ
चीन को ग्रेटवाल झैँ
मानिस मानिस बीच युग युग सम्म
निर्माण अनि विनिर्माण हुनेछन
मन का पर्खाल हरु
ति फेरी पनि बन्दै ढलनेछैनन
मानब निर्मित अबरोध जस्तै
मन हरु बनाउन छाड्ने छैनन्
यी पर्खाल हरु
मन को पर्खाल बनाउने हरु को पनि त बाध्यता हुन्छ
पर्खाल त्यसै बन्दैनन्
भेद्पुर्ण मन हरु जब टुक्रा टुक्रा पारिन्छ्न
तब यौटा अन्तिम निस्कर्स मा पुग्छन
मन हरु
यी सिमान्तकृत मन हुन्
यी पिछडिएका मन हुन्
कसले हर्न सकेको छ र
मन को तमाम पर्खाल हरु को गहिराई मा गएर ?
आज सम्म कसले बुझेको छ र ?
पर्खाल को भित्रि भाग लाइ ?
ति पर्खाल हरु को लागि
ग्लोबलाइजेसन को कुनै अर्थ छैन
तिनको विश्व यौटा गाउँ जस्तै छैन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)