~डा. उत्तम खनाल~
सुन्दरिहरु हो
अहंकारको धंधङिमा
सूर्य, छेकिन्छ भन्छौ
प्रेम वासना भेटिन्छ भन्छौ
र…
दुनियको राज मेटिन्छ भन्छौ
त्यसो हो त ?
भोकाएकाहरु अघाउँथे भने
नाङ्गाहरु रमाउँथे भने
ताली ठोक्दै डिस्को र वारहरुमा
किन नचाउँथे
अनि किन नाच्थ्यौ तिमी
यदि प्यास मेटिएको भए
समिप भेटिएको भए
भिडभाडको कोलाहालमा
कहाँ तिमिलाई खोज्थे
तिमि किन खोज्थ्यौं र… ।
तिमीलाई त याद नहोला
दुनियाँ हँसाएको छु
मन मनमा बसाएको छु
हजारौंका निद
हराएका छन्
बेहोसी कराएका छन्
नानाीका प्यालाहरु
झौतारिएका छन्
केवल देख्नका लागि
मेरै लागि
पाउ चुम्न र झुक्न
तर..
त्यो रंगमञ्चमा
तिम्रा ठान्ने आफन्तहरु
कोहि थिएनन् र रहेनन्
सबै मतलबीहरु थिए
तिम्रा हरेक अंगको
ओठको,
आँखाको र तनको
मोल गर्दै
भाउ लागाउँदै
भन्दै र मिलाउँदै,
त्यो सुन्य भिडमा
तिमि त थियौं
तर कसैको उपहारमा,
साटिएको थियौ
पैसा पैसामा
गलाको सिक्रिमा
घडी, औंठी र ब्रास्लेटमा
फरक यति
होसी या वेहोसीहरु
मौनताको विडिङ्गमा
घरी यता
घरी उता ।
सुन्दर बजारका
सुँदरीहरु हो
कति हँसायौ
कतिका दिल बसायौ
कति सजायौं र फसायौ
वेनाताका दाजु भाईहरु
भाइ टिकाका नाउँमा
पवित्र रहेनन्
चोखो भएनन्
रुप छँदा,
बैस छँदा ।
दिदी वहिनी रे नाता रहेन
डा. उत्तम खनाल
ना.न.पा ८, काठमाण्डौ ।
khanaluttam24@yahoo.com
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )