~अरुणबहादुर खत्री “नदी”~
पवन आफ्नो घर नजिकै किराना पसल भएर पनि केही सामान किन्नु परेमा घरदेखि टाढाकै पसलमा पुगेर किनेर ल्याउने गथ्र्यो । उसका छिमेकीहरु पनि अचम्म मान्दथे उसले टाढाको पसलमा गएर सामान किनेर ल्याएको देख्दा एकदिन उसले बिहान टाढाको पसलबाट सामान किनेर ल्याउदै गर्दा उसको छिमेकी रमाले पवन दाइले घर नजिकैको पसलमा सामान नकिनेर किन टाढाको पसलबाट किनेर ल्याउनु भएको – भनिन् । “आफूलाई जहाँको पसलमा किन्न मन लाग्छ त्यहीको पसलमा गएर किन्ने त हो नि” पवनले भन्यो ।
“टाढको पसलमा सामानहरु सस्तो पाइने भएर टाढादेखि किनेर ल्याउनु भएको त होइन -” रमाले भनिन् ।
“टाढाको पसलमा सबैथोक कहाँ सस्तोमा पाइन्छ र कुनै सामान नजिकैको पसलमा सस्तोमा पाइन्छ कुनै सामान टाढाको पसलमा सस्तोमा पाइन्छ” पवनले भन्यो ।
पवन दाइले कुन पसलबाट सामान किनेर ल्याउने गर्नु हुन्छ – रमाले सोधिन् ।
“मैले धेरैजसो कल्पनाको पसलबाट सामान किनेर ल्याउने गर्छ?”पवनले भन्यो ।
“हाम्रो पवनलाई कल्पनाको पसलमा गएर सामान किन्न किन मन नलागोस् त कल्पनासंग हाम्रो पवनको घनिष्ट सम्बन्ध गाँसिएको छ” उनीहरु दर्ुइजना बीचको कुरा सुनिरहेका अर्को व्यक्तिले प्वाक्कै भने ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )