~श्यामल~
हरेक साझ
यसरी नै प्रकट हुन्छे ऊ
झ्यालको सानो छ्रि्रबाट
जूनको धमिलो किरण कोठामा पसेजस्तै
तन्द्रामा परेको युवकलाई कस्दछे, आफ्नो बाहुपासमा
प्रेमले पागल युवकलाई कहिल्यै थाहा हु“दैन
किन टोलाइरहन्छ ऊ
र किन उसलाई एक्लै छाडेर सुन्दरी
अलप हुन्छे यसरी
सबैसबै युवकहरू उस्तै छन्, खिइ“दैखिइ“दै गएका
मूर्च्छामा लेख्छन् प्रेम कविता
वनजङ्गल वा पार्क जहा गए पनि फेला पर्छन्
श्वेत वस्त्रधारी सुन्दरीहरू, एक्लैएक्लै हरेक सा“झ
यसरी नै प्रकट हुन्छे ऊ
केही समय भयो
युवकहरूले हास्न छाडेको
केही समय भयो
तन्नेरीहरू विस्तारैविस्तारै दुब्लाउन थालेको
यस्तो समय पनि आयो, कोही बाकी रहेनन्
युवतीहरूका लागि प्रेम गर्न
तर गाउ“की सबैभन्दा वृद्ध आमा भन्छिन्-
त्यो किचकन्या हो
प्रेमको भोक तृप्त नहुदै
अकालमा मरेकी
हेर, राम्ररी हेर
त्यसका खुट्टा फर्केका छन् उल्टोतिर
राम्ररी हेर,
त्यो बोल्दिन
तर काम गर्छे र अलप हुन्छे
त्यसको सेतो सारीको टुप्पामा
धागो बाधेर हेर
जब त्यो जान्छे
त्यो धागो अल्झिएको हुन्छ एउटा नलीहाडमा
जलाएर भस्म पार त्यो नलीहाड
त्यसपछि त्यो कहिल्यै फर्केर आउने छैन।
तर केहीले फेला पारेका छन् नलीहाड
राजाको दरबारमा/केहीले सिंहदरबारमा
केहीले अनेक साना-ठूला दरबारहरूमा
सायद कैयौ“ प्रेमाप्त युवतीहरू
अकालमै मरेका थिए ती ठाउ“मा
तिनीहरूलाई प्रेतयोनिबाट मुक्त गर
बाकी रहेको नलीहाड भस्म गर।
