~दिनेश अधिकारी~
आफ्नै लागि ज्युन गाह्रो, तिम्रो भई के गरूँ म ?
कहिलेसम्म आफू भई आफैँलाई नहेरूँ म ?
तिम्रो कुरा सुन्न खोज्दा मैले बोल्न रोक्नुपर्छ
तिम्रो खुसी विचारेर आफ्नो घाउ छोप्नुपर्छ
किन गर्नु बिनसित्ती पिरतीको यस्तो खेती ?
आजभन्दा भोलि धेरै दुख्छ अरे आफ्नै छाती
एक्लो हुँदा आफूखुसी जता पनि हिँडे हुन्छ
उज्यालोले आँखा तरे अँध्यारोमै छिरे हुन्छ
जानीजानी किन गर्नु तिमीसँग हिँड्ने गल्ती ?
बाँधिन्छ रे हातपाउ ठाउँ दिँदा तिम्रो निम्ति