~सिजन गिरी~
घडीको सुइ घुमे जसरी घुमिरहेकाे जिन्दगी जेलभित्र न चैन, न आराम ,न निद्रा, न भोक न ,प्यास !जेलको हावा खाँदा थाहा भयो कसरि मान्छेले जेलमा पाप कराएको कसरी देख्दो रहेछ, जसरी एेनामा आफ्नो प्रतिबिम्ब देखे जस्तै !
सुनेको थिँए जेल को भोगाई पछि मान्छे सुध्रिन्छ यसरी नै मेरो मनमा पनि सुध्रिने टुसा पलाँउदै छ ।हुन त बिग्रेको भन्नु आफैले आफ्नो अपमान गरेजस्तो होला तर अब गम्दैछु नराम्रा साथी संगत छाड्नु पर्ला !मनमनै अठोट गर्दै रहेँ जेल बसाईमा यहाँको चारकुनाबाट। जब बाहिर पाईला टेक्छु यो सबै नसाहरु छाड्छु र असल भाई , असल छोरा अनि सबैको असल.. हुन्छु।अाज पनि बिहानैदेखि मन मा यस्ता-यस्तै अनेकों कुरा खेल्दै थिए ,अकस्मात फलाम को ढोका खुले को आवाज आयो ध्वार्र………
हवल्दार ले ढोका खोल्दै भन्यो ”ओई उठ बाहिर तँलाई भेट्न कोइ आको छ! ”
हातमा हत्कडी र खुट्टामा नेल लगाको मान्छे कति नै चाँडो हिड्नु र ! तै पनि एक पल्ट एक पाइला भन्दा बढी सार्न सकिरहेको छैन ! बाहिर निस्कँदा आगन्तुक कोठामा धेरै मान्छेले लगभग भरिएको थियो ।दिदि र बुबा भने एकअर्कातिर फर्केर केहि कुरा गर्दै बसेका थिए।
हवल्दार जोड संग करायो ”कैदी २५४ आफ्नो मान्छे को हो ?”
दिदि साबि अनि बाबा म तिर बढ्दै हर्षित देखिए तर मैले भने बुबा र दिदीलाई सिधा नजरले हेर्ने आँट् गर्न सकिँन।
बुबा ले भन्नु ”तलाई यसरि नै जेल भित्र देख्नु परोस भनेर मैले दु:ख गरेर पढ़ाएको थिँए हैन , छोरो बढेर ठुलो मान्छे होला भनेको डाँका भैईश हैन?”
सबि बोली, ” भयो नकराउनुस बाबा आज यसलाई , आज एउटा खुसिको खबर दिनु छ!”
म बोलेँ, ”के खबर ?”
सबिले भनी, ”जसको ज्यान मार्न खोजेको थिईस उसैले तँलाई यो चारभीत्ताबाट निस्कन सहयोग गर्दै छ ,केशुले पुलिस लाई आफ्नो बयान मा तँ हैनस भन्देको छ! ”
म चकित भँए ! केशुको महानता प्रति
यतीका महिना कोमामा बसेर उठ्दा पनी केशुले मलाई माफ गर्देछन्! मेरो अनुहार हेरेर हो या दिदिको ? उसैलाई थाहा होला।
वा ! प्रेम तिमी कति बलवान छौ है? तिम्रो लिला अपरम्पार हुन्छ सुनेको मात्रै थिँए अाज त आफ्नै अगाडि देख्दै छु ।
माया पिडा हो !माया हाँसो हो !माया रोदन हो !साँच्चै मायाको नगरी मा धेरै प्रेमी ले रगतको नाता लाई त भुलाई दिन पछि पर्दैन भने यहाँ राजसंगको त्यति पुरानो साथित्त्व गुमाउनु केशु लाई ठुलो कुरा भएन , +२ देखि को लगौटीसम्मका सम्बन्ध भएको साथीहरु आज प्रेमकै कारण पानी बाराबार सम्म पुगे !
यहि माया पाँउन उसले टाउको को खुकुरी को चोट पनि बिर्सेर मलाई बाहिर निस्कन सहयोग गर्यो।
राजसंग मैले मेरो दिदिको सुनौलो भबिष्य देखेर राजले भने बमोजिम केशुलाई आक्रमण गरेँ उ भने आजसम्म एकचोटि मलाई भेट्न नआएको देख्दा आचम्मित छु ।प्रेम दिवस को आसपासको यो घटनाले मेरो जिन्दगीमा कस्तो मोड दियो सम्झना अाँखा वरिपरि घुम्छन।
जिल्ला आदलत ले मलाई १० सालको सजाए सुनाएको थियो। मैले पनि आफ्नो गल्ति स्विकार गरिसकेको थिए तर..
कालोकोटे वकीलले मलाई भने , जिल्ला अदालतको सुनवाई प्रति हाम्रो चित्त नबुझेकोले सर्वोच्च अदालतमा दायर गर्न पाँउछौ!”त्यसै अनुरुप वकिलको सल्लाहमा हामीले सर्वोच्च अदालतमा जिल्ला अदालत को सुनवाई प्रति पु:न मुद्दा दायर गरेँउ र सुनवाई मेरो पक्षमा अायो ……….कि दिदिको पक्षमा?..कि केशुको..जेसुकै होस मेरो जेल जिवनको अन्त्य, खुसि !खुसि!..