~सविता सापकोटा~
आजकल मेरो मुहार हेरेर केटीहरु प्रश्न गर्न थालेका थिए । के हो आजकल त खुब फुरुङग देखिन्छेस नि ? कही होईन भनेर टार्थे । म आफ्ना कुरा हतपत अरुलाई भन्न रुचाउँदिन । झन माया प्रेमका कुरा त कसैलाई खोल्नु हुदैन् भन्ने लाग्थ्यो ।
एउटीले अफिसमा थाहानै पाएझै प्रश्न गरी के हो माया प्रेमको जालमा परिस कि के हो ? जा, रत्नपार्कमा गएर खुट्टा हेराएर बस । उसको कुरा यसरी टारे । एकपटक यस्तो भनेपछि अर्काे प्रश्न राख्न डराउथँे केटीहरु । म जालमा परे या मलाई अरुले जालमा पार्याे ? त्यसको म जवाफ आफैसँग थिएन् । राजसँग सम्पर्क कम हुन् थालेको थियो । सिन भएपनि म्यासेजको रिप्लाई आउदँैनथ्यो ।
के हो माया ? के जीवनमा २ जनासँग माया हुन् सक्छ ? के जीवनमा म दुवैलाई आफ्नो बनाउन सक्छु ? वर्षाै देखि माया गरेको राजलाई छोडेर म केशुसँग हाँस्न सक्छु ?यस्तै प्रश्नहरु मनमा आउँदा एकदिन नमज्जा सँग भर्याङमा लडे । के माया प्रेम जीवनको बोझ हो ? किन भारी भैरहेछ मन ।
राजलाई मैले चिनेको वर्षाै भैसक्यो । तर केशु त केहि समय अघि मात्र मेरो जीवनमा आएको हो । केटीसँग नजिक हुन् र जवानी लुट्न उसले यि सब नाटक गरेको त छैन् । जति केटि पाएपनि खेलाउन खप्पिस हुन्छन् रे केटाहरु ।
हे कति सङका गर्नु । खुशी पनि त जीवनको अर्काे पाटो हो । केशु मेरो जीवनमा आएदेखि म खुशी छु । माया प्रेमका कुरा साटा साट हुन थालेका छन् । घुमाउरो पारामा उ मलाई अङगालोमा बेर्छ र चुम्बन गर्छ । यि सब चिजहरुमा आनन्द भेट्न थालेकी छु ।
एकाविहानै केशुले कल गर्याे । के गरिरहेकी नि ? उसले सोध्यो । कफि पिउँदै छु । मलाई नदिने ? उसले भन्यो । नाई , म छुच्ची बने । कस्तो छुच्ची है तिमी त । एउटा किस देउ न त ? उम म्वा,,,,। आहा! कस्तो मिठो । रियलमा कहिले दिने । उमममम,,,भन्दै टारे । उसले पनि म्वा भनेर अहिले फोन राख्छु है भन्यो । बिहानीको समयमा उसले फोनबाटै दिएको किसले दिनभर शरिरमा छुट्टै उर्जा मिलेको आभास भयो ।
राजसँग बिताएका दिनहरु याद आउँथ्यो । उसले पहिलो पटक खाएको किसको याद आयो । भेट भएको ६ महिना पछि मात्र राजले पहिलो पटक हातमा किस खाएको थियो । अहिले उ को सँग मोज गर्दै होला ?
के थाहा केटाको जात न हो । रमाईलो गर्ने बहानामा उता अर्काे गलफ्रेन्डपो बनायोकी । केहीलेकाही राजको साथी सुलभसँग म्यासेन्जरमा कुरा हुन्थ्यो । राजले यता अर्काे गलफ्रेन्ड बनाएको छ भन्दै थियो ।राजलाई सोध्दा होईन गलफ्रेन्ड केबल साथी मात्र हो भनेको थियो । तिम्रो कसम म तिमी बायक अरुलाई माया गर्न सक्दिन भनेर रिसाएको मनलाई फुरुङग बनाएको थियो ।आफूले माया गरेर यतिका वर्ष कुरेको मान्छेले विश्वासघात के गर्ला भन्ने लाग्यो । यता केशुसँगको भेट बाक्लिदै गएको थियो । उसले किनेका नयाँ नयाँ उपन्यास मलाई पढ्न दिन्थ्यो । मैले पनि आफूसँग भएका उसलाई लगिदिन्थे ।
माया प्रेमको बाहार बोकेर फ्रेबअरी महिना लागेको थियो । अघिल्ला वर्षहरु भन्दा केही फरक मायाका छालहरु बोकेर । फ्रबअरी १४ अर्थात प्रेम दिवसको अघिल्लो दिन केशुले भोली कतिबेला भेट्ने भनि कल गरेको थियो ।
अरुले देखेँ भने नानाथरी कुरा काट्छन् भनेर बिहानै भेटौ भनेकी थिए ।
अस्ति भर्खर किनेको नयाँ वान पिसमा भद्रकालीमा भेट्यौ । दुवैले गुलाबको फूल साट्यौ । उसले मेरो तारिफ गर्याे । मैले उसको नयाँ चस्माको तारिफ गरेँ ।
यसरी नै दिनहरु रमाइलो सँग बित्न थालेँ । हामी दुईको सामिप्यता बढ्दै गयो । भेटने र नजिक हुने बाहानाहरु खोजी रह्यौँ । दुवैजना प्रेमी तथा प्रमीका टाढा रहेर प्यासी बनेका एक जोडी नयाँ संसारमा रमाइरहेँ । नयाँ नयाँ सपना बुनिरहेँ ।